site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘मायावी’को ट्रेलरमा प्रेम, बाध्यता र बिछोड  

काठमाडौं । चलचित्र ‘मायावी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका दुई मुख्य कलाकार पल शाह र दीपिका प्रसाईंलगायत कलाकार छन् । 

लभस्टोरी जानराको चलचित्रको ट्रेलरमा प्रेम, बाध्यता र बिछोड देख्न सकिन्छ । आफ्नी प्रेमिकालाई अर्काको हातमा सुम्पिनु पर्दाको बिछोडको पीडालाई ट्रेलरमा समावेश छ । 

चलचित्र ‘मायावी’लाई दीवाकर भट्टराईले निर्देशन गरेका छन् । चलचित्रमा पल र दीपिकासँगै डेब्यु अभिनेता समीम खान, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठलगायत छन् ।

फागुन १४ गतेबाट प्रदर्शनमा आउने ‘मायावी’ दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र हो ।

‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् । मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह–निर्माताको रूपमा रहेका छन् ।

चलचित्रमा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत छ । राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro