site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रूग्ण उद्योगहरू पुनःसञ्चालन गर्न सरकार पीपीपी मोडलमा जान तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रूग्ण उद्योगहरू पुनःसञ्चालन गर्न सरकार पीपीपी मोडलमा जान तयार रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेको बताएका हुन् । उनले सरकार निजी क्षेत्रलाई महत्त्वका साथ अगाडि बढाउन, सहुलियत दिन तयार रहेको उल्लेख गरे । उनले व्यापारसम्बन्धी, उद्योग सम्बन्धी कानुन सञ्चालन गर्नेहरूलाई आवश्यक रहेको भन्दै उनीहरूको समस्या समाधान गर्नेगरी कानुन बनाइने बताए ।

उनले भने, "रूग्ण उद्योगहरू पुनःसञ्चालन गर्न सरकार पीपीपी मोडलमा जान तयार छ । निजी क्षेत्रलाई महत्वका साथ अगाडि बढाउन, सहुलियत दिन तयार छ । कानूनी प्रश्नमा मैले अघिल्लोपटक प्रधानमन्त्री हुँदा पनि भनेको थिएँ । उद्योगसम्बन्धी कानुन मलाई चाहिएको होइन । उद्यमीहरूलाई चाहिने हो । व्यापारसम्बन्धी कानुन मलाई चाहिने होइन, किनभने म त व्यापार गर्दिन नि । जसले ति काम गरिरहेको छ, तिनलाई चाहियो ।"

प्रधानमन्त्री ओलीले सरोकारवालाहरूसँग छलफल गरेर सरोकारवालाहरूका पीर मर्का र व्यवधान हट्ने गरी कानुन बनाइने बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro