site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हाम्रो राजनीति बरालियो, ट्रयाक समात्न सकेनौँ : जनार्दन शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद जनार्दन शर्माले मिसन–२०८४ भन्दै राजनीतिक दलहरूले जनतालाई ठगीरहेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

उनले छिमेकी देशहरू विकास निर्माणको तीब्र गतिमा अघि बढिरहँदा राजनीतिक दलहरूको सोच र मानसिकताको कारणले अगाडि बढ्न नसकेको बताए । राजनीति बरालिएका कारण मुलुकले विकासको ट्रयाक समात्न नसकेको उल्लेख गरे । उनले मिसन २०८४ नभई मिसन सुशासन र आर्थिक विकास हुनुपर्नेमा जोड दिए ।

"यहाँ विधि मिच्ने काम गरियो । हामीले यहीबाट विकास निर्माण र आर्थिक उन्नतिको दिशामा देशलाई लैजाउँ । हाम्रा छिमेकी देशहरू विकासको तीब्र गतिमा अगाडि बढिरहेका छन् । हामी पछाडि परिरहेका छौँ । हाम्रो सोचले गर्दा, हाम्रो मानसिकताले गर्दा । हाम्रो राजनीति बरालिएको कारणले गर्दा हामीले ट्रयाक समात्न सकिरहेका छैनौँ । त्यसकारण हामी राजनीतिलाई सही दिशातर्फ लैजानको लागि अगाडि बढ्नुपर्छ," उनले भने ।

राजनीतिलाई सही दिशामा लैजान सके मात्र मुलुकमा आर्थिक विकास सम्भव रहेको उनको भनाइ छ । उनले देशमा भएका भ्रष्टाचारको छानबिनको लागि शक्तिशाली आयोग गठनको गर्न समेत माग गरेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro