site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)को उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आजै बस्दै छ । आज साँझ ६ बजे बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु रहेको संयन्त्रको बैठक बस्न लागेको हो । बैठकमा अध्यादेशबारे छलफल हुन लागेको जनाइएको छ । सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णयपछि संयन्त्रको बैठक बस्न लागेको हो ।

 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro