site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित 

काठमाडौं । प्रतिपक्ष दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका निम्ति स्थगन गरिएको छ । मंगलबार (माघ २९) सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटलाई स्थगन गरेका हुन् ।

सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले शून्य समय सकिएर विशेष समय सुरु भइसकेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थिइन् । उनले बोलिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कुन नियमअन्तर्गत बोल्न दिइयो ? भन्दै आपत्ति जनाए । उनले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरे । त्यसपछि रास्वपा र नेकपा (माओवादी केन्द्र)का सांसदले आफ्नो आसनमा उभिएर विरोध गरे ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठक नियमानुसार नचलेको भन्दै आपत्ति जनाए । प्रतिपक्ष सांसदले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरिरहे ।

त्यसपछि सभामुख देवराज घिमिरे के भएको हो अध्ययन गर्न संसद् सचिवालयलाई निर्देशन दिइएको भन्दै अघि बढ्न खोजेका थिए । तर, रास्वपाका सांसदले बोल्न समय मागेपछि उनले बैठक स्थगन गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro