site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेकपा एसको गण्डकी अध्यक्षमा नेपाली

गण्डकी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध भएका छन् । सोमबार सकिएको प्रथम अधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, सहसचिव गरी सात पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध चयन गरेको हो ।

१४३ सदस्यमध्ये विभिन्न क्लष्टरका ४१ जना सदस्यको पद भने रिक्त रहेको छ । अध्यक्ष नेपाली यसअघि गण्डकी कमिटीको सचिव थिए । तत्कालीन सचिव प्रतापलाल श्रेष्ठ एमालेमै फर्केपछि उपसचिव रहेका नेपालीलाई सचिवको जिम्मेवारी दिइएको थियो ।

उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुरप्रसाद शर्मा, उपसचिवमा टीकाराम पौडेल, विवेक भूजेल र सुष्मा काफ्ले निर्विरोध निर्वाचित भए । नवनिर्वाचित कमिटीलाई अध्यक्ष मण्डलका अध्यक्ष तथा नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ गराए ।

अध्यक्षमा नेपाली सहित कास्कीका प्रेमप्रसाद पौडेल, स्याङ्जाका विष्णु गिरी, गोरखाका यादव बस्नेतलगायत आकांक्षी देखिएका थिए । अन्तिममा नेपालीको नाममा सहमति जुटेको हो ।

अधिवेशनमा प्रदेशका ११ वटै जिल्ला, विभिन्न जनसंगठन र मजदुर फाँटबाट गरी ४०० प्रतिनिनिधिको सहभागिता रहको थियो । कमिटीको कार्यकाल चार वर्षको हुनेछ । अधिवशेन सम्पन्न गर्नका लागि १२ वटा उपसमिति गठन गरिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro