site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न : झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले सम्बन्धित व्यक्तिले नै यसबारे सोच्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

सोमबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेता खनालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउनु राजनीतिक मूल्य मान्यतामा देखिएको विग्रह भएको बताए । 

एक प्रश्नको जवाफमा सम्मानित नेता झलनाथ खनालले संविधान संशोधनभन्दा पनि संविधान पुनरावलोकन गर्न सुझाव दिए । विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत टिप्पणी भएको बताए । 

उनले शासकीय स्वरूप परिवर्तनले मात्र मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको बताए । 

खनालले सामाजिक सञ्जाललाई नियमन गर्नैपर्ने अवस्था रहेको भए पनि वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी विधेयक ल्याउन आग्रह गरे । उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउन पनि नियमन गर्नुपर्ने धारणा व्यक्त गरे । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro