site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
फेसबुकलाई प्रयोगकर्ताको डाटा दिँदै अनलाइनमा जुवा खेलाउने वेबसाइट

काठमाडौं । अनलाइनमा जुवा खेलाउने कम्पनीहरूले आफ्नो वेबसाइटका प्रयोगकर्ताको डाटा संकलन गरेर फेसबुकलाई उपलब्ध गराइरहेको खुलेको छ । जुवा खेलाउने वेबसाइटले डाटा सुरक्षा कानुनको उल्लंघन गर्दै फेसबुकको मुख्य कम्पनी मेटालाई यस्तो विवरण उपलब्ध गराइरहेको पाइएको हो ।

मेटाले यस्ता व्यक्तिलाई जुवाडेका रूपमा राखेर क्यासिनो र सट्टेबाजी साइटहरूको विज्ञापनको बाढी फैलाइरहेको द गार्जियनले उल्लेख गरेको छ ।

बेलायतका जुवा खेलाउने वेबसाइटका प्रयोगकर्ताले हेर्ने वेबपेज, उनीहरूले क्लिक गरेको बटनलगायत विवरण ती वेबसाइटले मेटालाई उपलब्ध गराइरहेका हुन् ।

नेपालमा समेत अवैध रहेको गेम्बलिङ तथा बेटिङ (जुवा खेलाउने) वेबसाइटहरूले फेसबुकमा धेरै विज्ञापन गर्ने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro