site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डको आरोप– प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन् । सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका हुन् ।

विगतमा दुईपटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजीको प्रयास भएको उनले टिप्पणी गरे । देश र जनताको आवश्यकताका आधारमा आफूले संविधान संशोधनको प्रस्ताव लैजाँदा ओलीले नै रोकेको उनले जिकिर गरे ।

मधेसकेन्द्रित दलका मागअनुसार यसअघि पनि आफूले संविधान संशोधनको प्रयास गरेको उनले बताए ।

आफ्नो मुद्दा छाडेर जसपा नेपालले अध्यादेशलाई समर्थन नगर्ने र सरकारमा नजाने उनले विश्वास व्यक्त गरे । उनले वर्तमान सरकारबाट राम्रा कुराको आशा गर्न नसकिने बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro