site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रियसभामा पेस
फाइल तस्बिर ।

काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रियसभामा पेस गरेको छ । आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेस गरेका हुन् ।

उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, सुरक्षित र मर्यादीय बनाउनका लागि विधेयक ल्याइएको जानकारी दिए । सामाजिक सञ्जालको सही तवरले प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाइ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादीत बनाउन खोजिएको उनले बताए ।

त्यस्तै, बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको अर्को बैठक सोमबार बोलाइएको छ । 

 

 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro