site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जालसम्बन्धी विधेयकमा स्वनियमनलाई प्राथमिकता दिइएन : गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सामाजिक सञ्जालसम्बन्धी कानुनमा स्वनियमनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी विधेयक ल्याइनुपर्नेमा स्वनियमनलाई प्राथमिकता नदिइएको उनले उल्लेख गरे । संविधानको भावनालाई मार्न नहुने गरी विधेयक ल्याइनुपर्नेमा उनले जोड दिए । सामाजिक सञ्जालसम्बन्धी कानुन आवश्यक रहेको पनि उनले बताए ।

बोलेको आधारमा जेल जानुपर्ने, ठूलो जरिवाना भोग्नुपर्नेजस्ता आपत्तिजनक प्रस्ताव विधेयकमा गरिएको भन्दै उनले त्यसलाई संशोधन गरिनुपर्ने बताए ।

अभिव्यक्ति स्वतन्त्रतालाई अपराधीकरण, फौजदारीकरण गर्न नहुने उनले धारणा व्यक्त गरे । यसलाई फौजदारीकरण गर्ने मानसिकताले ल्याइने विधेयक नै आवश्यक नरहेको उनले बताए । न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro