site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा प्रवास सदस्यलाई अनलाइन मतदानको व्यवस्था

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवास सदस्यका निम्ति अनलाइन मतदानको व्यवस्था गरिने भएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी नेत्री हिसिला यमीले यस्तो जानकारी दिएकी हुन् ।

उनले भारतमा रहने प्रवासी सदस्यलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बताइन् । पार्टीले समावेशिताको मर्मानुसार पदाधिकारी चयन गर्ने उनले जानकारी दिइन् ।

अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाका आधारमा छनोट गरिनेछ । उपाध्यक्ष समूहगत प्रतिस्पर्धाका आधारमा चयन गरिने उनले स्पष्ट पारिन् ।

सचिवमा महिलालाई प्राथमिकता दिइने र बाँकीलाई ‘फ्री इलेक्सन’को माध्यमबाट चयन गरिने उनले बताइन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशन यही माघ २७ गतेदेखि सुरु हुँदै छ । न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro