site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खानेपानी मन्त्रालयमा आगलागी विद्युत् सर्ट भएर : मन्त्री यादव

काठमाडौं । काठमाडौंको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको विद्युत् सर्ट भएर आगलागी भएको खुलेको छ । 

खानेपानीमन्त्री प्रदीप यादवले आगलागीबाट आफ्नो कार्यकक्षका विभिन्न सामान जलेर नष्ट भए पनि महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जानकारी दिए । 

शुक्रबार बेलुकादेखि नै तार जलेको गन्ध आएकाले त्यसलाई विचार गर्न आफूले भनेको र बिहान आगलागीको दुःखद घटना भएको उनले बताए । 

मन्त्रालयको चौथो तलामा शनिबार बिहान आगलागी भएको हो । उक्त तलामा खानेपानी मन्त्रीको कार्यकक्ष समेत रहेको थियो । बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको थियो । 

तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro