site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीसँग भेटेर अंशुवर्मा र मिस पवीले दिए टिकटक बन्द नगर्न सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ टिकटकबाट चर्चामा आएका अंशु वर्मा र मिस पवीसँग भेट गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत उनीहरूसँगको भेटबारे जानकारी दिएका हुन् । 

प्रधानमन्त्रीसँगको भेटमा अंशुवर्मा र मिस पवीले अघिल्लो सरकारले जसरी टिकटक बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न आफूलाई सुझाव दिएको प्रधानमन्त्रीले बताएका छन् । 

‘‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ। सामाजिक सञ्जालका प्रतिभावान् क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो।’’

प्रधानमन्त्रीले उनीहरूसँगको तस्बिर पनि सामाजिक सञ्जालमा राखेका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro