site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिपक्षी दलको नेताले बोल्दा देश बोलेको अनुभव होस् : रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलका नेताले बोल्दा देश बोलेको अनुभव हुनुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन कुन्ठा पोख्ने थलो नभएको बताए ।

“प्रतिपक्षी दलको नेता बोल्दा देश बोलेको अनुभव होस् न । जनतालाई हाम्रो भावना बोलेको अनुभव होस् न,” उनले भने । प्रमुख प्रतिपक्षी दलको नेताले बोल्दा सांसदले सुनिरहने खालको हुनुपर्ने पनि बताए ।

पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका विषयमा दिएको अभिव्यक्तिप्रति कटाक्ष पनि गरे । “जनयुद्धको बेलामा नेपाली जनताका जीउधनमा हान्नेहरू र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरूको बीचमा जुन खालको र्‍याङठ्याङ आज मिलेको देखियो त्यो वास्तवमै रमाइलो छ,” उनले भने ।  

 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro