site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तापक्षका सांसदलाई प्रचण्डले भने – तपाईंहरूको मत अपराधी चोख्याउने सुनपानी बनाइयो 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समर्थन गर्नेको मतलाई अराधीलाई चोख्याउने सुनपानी बनाइरहेको कटाक्ष गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सत्तापक्षका सांसदहरूलाई दुःख नमान्न आग्रह गर्दै त्यस्तो कटाक्ष गरेका हुन् । 

“तपाईंहरूको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ,” उनले भने, “अब बिचौलियाका आँखा गएका छन्, धितोपत्र बोर्डमा । ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दै छ ।” 

उनले भ्रष्टाचारीमाथि कारबाही कहाँ पुग्यो भन्दै प्रश्न गरे । “अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारबाही कहाँ पुग्यो ? म दिन्छु उत्तर, मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आईपीओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमै मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्बौं ऋणको दुरुपयोगको छानबिन के भयो ? सामसुम पारियो,” उनले भने,  ‘‘नक्कली भुटानी शरणार्थी काण्डमा बेचन झाको बयान के भयो ? पूरै नक्कली शरणार्थी काण्ड अब बेचन झामै सीमित भयो ।”

प्रचण्डले बाँसबारी छालाजुत्ता कारखाना जग्गाको काण्ड पनि मिलाइएको दाबी गरे । दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बनाउनुपर्ने बताए ।  

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro