site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कस्तो छ ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको गीत सार्वजनिक गरेको हो । 

गीतमा शान्तीश्री परियार र आशिष अविरलको स्वर छ । आनन्द अधिकारीको शब्दरचना रहेको गीतमा कृष्ण भारध्वजले संगीत गरेका छन् । 

प्रेमिल गीतले अनुहारको भावले नै मायाले भन्न खोजेको कुरा बुझ्ने बताएको छ । गीतमा प्रेममा रहेको जोडीले एकले अर्कोको भावना समेटिएको छ ।

गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै चलचित्रका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । 

फागुन १४ गते रिलिज हुने चलचित्रको प्रचारमा रहेको निर्माणपक्षले यो गीतलाई प्रोमोसनल सङ भनेको छ । 

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । 

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ । 

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro