site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले सदनमा खोजे ओली र देउवा 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको खोजी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले सदनमा प्रतिपक्षीको दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने व्यवस्था सम्झाए ।

“संसदीय लोकतन्त्रको परम्परा अनुसार सत्तापक्षको तर्फबाट प्रधानमन्त्री सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने व्यवस्था छ,” उनले भने ।

प्रचण्डले कांग्रेस सभापति देउवाको पनि खोजी गरे । “सायद, प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । सत्तापक्षको सबैभन्दा ठूलो दलको नेता पनि आउनुहोला भन्ने सोचेको थिएँ, अहिलेसम्म आउनुभएको छैन । आशा गर्छु, उहाँ केही समयपछि आउनुहुनेछ,” उनले भने । 

कारणवश आउन नसके पनि आफ्नो मत सुन्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले माघ १८ गतेको बैठकमा आफूलाई सम्बोधनको सुरुमा दिएको कपी अध्योपान्त पढेको पनि सुनाए ।

“अस्ति प्रधानमन्त्रीजीले गरेको लामो सम्बोधन सुन्नेमात्रै होइन, उहाँले मलाई एउटा कपी दिनुभएको थियो । त्यसलाई मैले अधोपान्त हेरेँ । दोहोर्‍याएर पनि हेरेँ । र, मैले बोल्दा पनि प्रधानमन्त्रीजीले त्यही गम्भीरताका साथ सुन्नुहनेछ भन्ने विश्वास व्यक्त गर्दछु,” उनले भने ।  

प्रचण्डले सम्बोधन गरिरहँदा देउवा बैठकमा पुगेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro