site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘राजागंज’को टिजरमा अपहरणमा परेका बालक छुटाउने प्रयास

काठमाडौं । दीपक रौनियार निर्देशित चलचित्र ‘राजागंज’को टिजर सार्वजनिक भएको छ । 

सार्वजनिक टिजरमा अपहरणमा परेका बालक छुटाउन प्रहरीले गरेको अनुसन्धान समेटिएको छ । 

मधेस आन्दोलनको पृष्ठभूमीमा काटिएको टिजरमा प्रहरीले गर्ने अनुसन्धानको तौरतरिका देखाइएको छ । 

मधेस आन्दोलनको समयमा तराईमा बस्ने पहाडे समुदायले भोग्नु परेको समस्याको कथा चलचित्रले भन्ने संकेत गरेको छ । 

सत्य घटनाको नजिक रहेर ‘राजागंज’ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको निर्माणपक्षले जनाएको छ । 

चलचित्रमा महिला पात्र मुख्य भूमिकामा छन् । आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

‘राजागंज’ चैत १ गतेबाट रिलिज हुनेछ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro