site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चैत १ देखि ३ सम्म हिमवत् कला सम्मेलन, प्रधानमन्त्रीको विशेष प्रवचन 

काठमाडौं । आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौंमा हिमवत् खण्ड कला–साहित्य–संस्कृतिक सम्मेलन हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । 

हिमवत् खण्ड क्षेत्रका विविध भाषा, संस्कृति, सभ्यता, तथा ज्ञानपरम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान–प्रदानको अवसर गर्ने उद्देश्यका साथ काठमाडौंको सभागृहमा हिमवत् खण्ड कला–साहित्य–संस्कृतिक सम्मेलन आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

सम्मेलनका क्रममा हिमवत् खण्डमा उत्पन्न सभ्यता तथा सांस्कृतिक वैभवमाथि प्राज्ञिक विमर्श गरिनुका साथै तिनको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवद्र्धनमा जोड दिइने सम्मेलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाले जानकारी दिए । 

बहुभाषिक एवं बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै सामाजिक एकता र सद्भावलाई सुदृढ बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको उनले बताए । 

सम्मेलनमा नेपालका सातै प्रदेशका साथै भारत, चीन, बंगलादेश, म्यानमार, भुटान तथा थाइल्यान्डबाट आएका प्रतिनिधिबाट लोक संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । 

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति विषयमा विशेष प्रवचन हुने बताइएको छ । 

हिमवत् खण्ड भन्नाले दक्षिण एसियाको हिमाली भूभागलाई बुझाउँछ । सम्मेलनमा दक्षिण एसियाको हिमाली भूभाग भएका देशहरू सहभागी हुने छन् । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro