site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ओपनएआईले सार्वजनिक गर्‍यो डिप रिसर्च, अनुसन्धान विश्लेषकको काम गर्ने

काठमाडौं । अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले नयाँ अनुसन्धान गर्ने टुल डिप रिसर्च सार्वजनिक गरेको छ । 

सार्वजनिक टुलले विभिन्न रिपोर्टलाई अनुसन्धान विश्लेषकले झैँ विश्लेषण गर्न सक्ने कम्पनीको दाबी छ । यस्तै, यस टुलले डिप रिसर्च गर्ने र मानिसलाई घण्टौँ लाग्ने काम १० मिनेटमा गर्न सक्ने कम्पनीले जनाएको छ ।

सान फ्रान्सिस्को आधारित कम्पनीले चिनियाँ प्रतिद्वन्द्वी डिपसिकविरुद्ध विभिन्न नयाँ प्रोडक्ट सार्वजनिक गर्ने घोषणा गरेको थियो । त्यसको केही दिनमै ओपनएआईले अनुसन्धानसम्बन्धी उपकरण सार्वजनिक गरेको हो ।

डिप रिसर्चले प्रयोगकर्ताका लागि विश्लेषणको काम गर्ने कम्पनीको भनाइ छ । यो ओपनएआईको अत्याधुनिक पछिल्लो कटिङ–एज मोडल ०३ मा आधारित छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro