site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘लाल आयोगको प्रतिवेदन’लाई मोर्चाको एजेन्डा बनाउन चौधरीको आग्रह

काठमाडौं । मधेस केन्द्रित आठदलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेन्डाबारे जानकारी गराएको छ ।

सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्यपूर्वाग्रही देखिएको र झुटा मुद्दा लगाउने काम भएको जनाएको थियो ।

त्यस्तै, लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेन्डा बनाउन आग्रह गरिएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले जानकारी दिए । 

बैठकमा अध्यादेशको विषय, मोर्चाको नामलगायत विषयमा पनि छलफल भएको उनले बताए । 

मधेस केन्द्रित आठ राजनीतिक दलले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गरेको हो । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro