site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
रक्तबीज

रक्तबीज

हिजोआजका
कुरा–
तुहिएका
गर्भहरू
ठसठसी 
नगन्हाउन
सुत्केरी आमाहरू,
किन गर्ने
नसच्छेदन ?
के
रक्तबीजहरू 
जन्मिसके त ?

गणतन्त्र

माथि
शकुनीहरू
पासा थाप्छन्
तल
द्रौपदीहरू
चीर हरित हुन्छन्
एउटा फल
न निल्नु
न ओकल्नु
न लौरो
न हतियार
के
गणतन्त्रको
फल
यही हो त ?

मुकाबिला

नरोऊ
तिम्रो आँसुको 
कुनै 
मूल्य छैन
तिमी
जीवनको भिख
नमाग
सैतानसँग
हाँसेरै
मर बरु
के
सैतानसँग
मुकाबिला
गरिसक्यौ त ?

मुक्ति

तिनीहरू
मलाई
लखेट्छन्

निरीह
बन्ने किन ?
म मात्रै
कति लखेटिनु ?
मैले
हार नमानी
पौँठेजोरी
खेल्नुपर्छ
के
तिनीहरूको
उत्पीडनबाट
मैले
मुक्ति
पाइसकेँ त ?

सिङजुरो

गुट्खा खाएर 
फुटपाथमा
पिच्च नथुक
यो
सभ्य सहर हो,
पदयात्रीहरू
होसियार,
कहिले सिक्ने
अनुशासन ?
हिँड्दा हिँड्दा
तिम्रा पैताला
खिइसके
अब
तिम्रो सिङजुरो
पलाउँछ त ?

(सुन्दरहरैँचा–६, मोरङ)
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro