site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान सरकारले निरंकुश शासन व्यवस्थाको झल्को दियो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरंकुश शासनको झल्को दिएको टिप्पणी गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । सरकारले बितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौँ भन्नको लागि अध्यादेश ल्याइएको उनको आरोप छ । उनले दुईतिहाइको घमण्ड नगर्न सत्तारूढ दलका नेताहरूलाई आग्रह गरे ।

दुईतिहाइको सरकार छ भन्दैमा सरकारले मनलाग्दी गर्न नपाउने बताए । प्रधानमन्त्रीले बितेका ६ महिनामा आर्थिक सुधार भएको दाबी गरे पनि सूचकहरूले सकारात्मक नरहेको धारणा राखे । सरकारले अहिलेसम्म बे्रक थ्रुबाहेक केही गर्न नसकेको आरोप लगाए ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro