site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सीके राउतको प्रश्न– सरकार कहाँ छ ? मन्त्री कहाँ छन् ?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकार खोज्नुपर्ने अवस्था आएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसदसमेत रहेका राउतले सरकार गठन भएको ६ महिना भइसक्दा पनि जनताको पहुँच हुन नसकेको टिप्पणी गरे । 

“हामीले पनि समर्थन नै दिएका छौँ । सरकार कहाँ छ, मन्त्री कहाँ छ भन्ने खोज्नुपर्ने अवस्था थियो,” उनले भने, “एउटा राष्ट्रिय अध्यक्षले सिंहदरबारमा समय माग्दा दिन सक्नुहुन्न भने आमजनताको पहुँच के मा छ ?”

उनले सिंहदरबारमा १५ दिनसम्म पनि सांसदले मन्त्री भेट्न नसकेको गुनासो गरे । “आम जनता पनि सिंहदरबारमा छिर्न पाउँछन्, आफ्ना कुरा राख्न पाउँछन् भन्ने सुनेका थियौँ । तर, उल्टो भयो । अधिकांश मन्त्रीहरूसँग परिचय पनि भएको छैन । चिनेका पनि छैनौँ, कामको त कुरा छाडौँ,” उनले भने । 

उनले यस्तो अवस्था सच्याउनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro