site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले विधेयक अविधेशनलाई 'अध्यादेश अधिवेशन' बनायो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अविधेशनलाई 'अध्यादेश अधिवेशन' बनाएको आरोप लगाएका छन् । 

शुक्रबार राष्ट्रियसभाको बैठकमा उनले नियमित अधिवेशन समयमा नबोलाउने र अध्यादेश धमाधम ल्याउने प्रवृत्ति गलत भएको बताए ।

"यो अधिवेशनलाई सरकारले अध्यादेश अधिवेशन बनायो । हिउँदे अधिवेशन, नियमित अधिवेशन समयमा नबोलाउने, त्यसलाई पर धकेल्दै लैजाने, अनि अध्यादेशहरू धमाधम जारी गर्ने काम भयो । यो अधिवेशन बोलाउनुअगाडि जारी गरियो । र, अहिले त्यो अध्यादेश प्रस्तुत हुँदै छ । विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्यो सरकारले । त्यसप्रति म दुःख प्रकट गर्दछु । सरकारको अध्यादेशबाट शासन गर्ने यो प्रवृत्तिप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु," उनले भने ।

सांसद श्रेष्ठले देश विकासमा भने सत्तापक्ष र प्रतिपक्ष नभनेर काम गर्नुपर्ने उनको भनाइ छ ।

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro