site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको प्रतिप्रश्न– सदन नचलेकै बेला अध्यादेश ल्याउने व्यवस्था छ, होइन र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने प्रक्रियामा विपक्षी दलले उठाएको प्रश्नको जवाफ दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले अध्यादेश संसद् नचलेका बेला ल्याइने संवैधानिक व्यवस्था भएको बताए ।

“अध्यादेश ल्याउने भनेको संसद् नचलेको बेलामा नै हो । संविधानले नै सदन नचलेका बेला अध्यादेश ल्याउने व्यवस्था गरेको छ, होइन र ?,” ओलीले प्रतिप्रश्न गरे ।

उनले देश विकास र सुशासनका विषयमा पनि पक्ष र विपक्ष भन्ने मानसिकता राख्न नहुने बताए ।

“हामी संसद्‌मा पो पक्ष–प्रतिपक्ष हौँ । देश विकास, सुशासन, नागरिकको जीवनस्तर सुधार्नेमा पनि पक्ष–विपक्ष हुन्छ र ?,” ओलीले सोधे ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro