site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तमासाबाट हामी मुक्त भएका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनामा ‘सत्तापत्ता’ खेलिरहने विद्रुप स्थितिमा अब ‘बन्ध्याकरण’ भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले ६ महिनामा यो खुसीको विषय भएको बताए ।

“सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” उनले भने ।

संसद्‌मा विश्वासको मत लिइरहनुपर्ने विषयबाट मुक्ति मिलेको उनले उल्लेख गरे । “संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौँ । आज म जनता र संसद्को भरोसाले भरिएको आत्मविश्वास लिएर उपस्थित भएको छु,” प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro