site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाका सांसदलाई बस्न सभामुखको आदेश 

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई आफ्नो आसनमा बस्न आदेश दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा घिमिरेले कार्यसूची प्रस्तुत गरिरहँदा रास्वपाका सांसद उभिएर बोल्ने समय दिन माग गरेका थिए ।

उनले बस्न आग्रह गर्दा पनि रास्वपाका सांसदले आफ्नो धारणा राख्ने बताए । आफ्नो आग्रह नमानेको भन्दै उनले बस्न निर्देशन दिएका हुन् । उनले दलीय आधारमा दिइने समयमा आफ्नो धारणा राख्न आग्रह गरिरहेका छन् ।

उनले सभामुखको निर्देशनलाई पालना गर्न प्रतिनिधिसभा नियमावलीको व्यवस्था सम्झाएका छन् । उनले संसद्को कारबाही अघि बढ्ने जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro