site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पर्सिदेखि आन्दोलन थाल्दै शिक्षक महासंघ, १७ फागुनमा काठमाडौंमा प्रदर्शन
फाइल तस्बिर ।

काठमाडौं । नेपाल शिक्षक महासंघले पर्सि (आइतबार)देखि आन्दोलन थाल्ने भएको छ । संसद्को हिउँदे अधिवेशनबाट आफूहरूका माग सम्बोधन हुनुपर्ने माग राखेर महासंघले आन्दोलन गर्न लागेको हो ।

महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेको छ । तर, ऐनमा अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षा शिक्षकको कोटा, स्थायी शिक्षकको बढुवा, तलब ग्रेडलगायत २२ वटा बुँदा समेटिनुपर्ने महासंघको माग छ ।

महासंघले २० माघमा फेसबुकमार्फत, २५ माघमा पालिकामार्फत, २९ माघमा विद्यालय तहबाट आन्दोलन अघि बढाउने तालिका सार्वजनिक गरेको छ ।

यस्तै, माघ ३० गतेदेखि कालोपट्टी बाँधेर पालिका कार्यालयदेखि नाराजुलुस गर्ने र फागुन २ गतेदेखि जिल्ला शिक्षा तथा समन्वय इकाइबाट जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी, फागनु ९ गते प्रदेशस्तरबाट दबाब कार्यक्रम गरी फागुन १७ गते काठमाडौंमा प्रदर्शन गर्ने महासंघको तयारी छ । आफ्ना माग सम्बोधन नभए फागुन १९ देखि दोस्रो चरणको आन्दोलन थाल्ने महासंघले जनाएको छ ।

teachers-1-1738306151.jpg

teachers-2-1738306151.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro