site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
पुरानै गीतको ट्युनिङमा ‘फेरि रेशम फिलिलि’को गीत (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिलि’को नयाँ गीत सार्वजनिक भएको छ । ‘फेरि जालमा’ बोलको गीतले ‘फेरि रेशम फिलिलि’को पुरानै भाइरल गीतको झल्को दिन्छ । पुरानै गीतको ट्युनिङलाई केन्द्रमा राखेर गीत तयार भएको छ । 

गीतमा कालीप्रसाद बास्कोटा र सोमिया बराइलीको स्वर छ । संगीत कालीप्रसादले नै गरेका छन् । शब्द मानसराजको छ । 

गीतको भिडियोमा सिनेमाका मुख्य पात्र विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । 

‘फेरि रेशम फिलिलि’लाई निरज महर्जनले निर्देशन गरेका छन् । सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका छन् । 

चलचित्रमा विनय र सुपुष्पासँगै कामेश्वर चौरसिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ । 

सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा छ ।  

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro