site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कार्यकर्तालाई जग्गा बाँड्न भूमि अध्यादेश ल्याइएको माओवादीको आरोप 

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको बताएका छन् । 

बिहीबार काठमाडौंमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले देशका समस्या समाधान गर्न र जनजीविकाका विषयमा सरकार पूर्ण रूपमा असफल भइसकेको बताएका हुन् । 

दुईतिहाइको सरकारले सदनबाट डराएर बदनियतपूर्ण ढंगले अध्यादेश ल्याएको उनको आरोप छ । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उनले दाबी गरे । 

सापकोटाले संसद् ढिलो बोलाउने र विधेयकलाई फास्टट्र्याकमा लैजाने कुराले सरकार अत्तालिएको देखिएको जिकिर गरे । विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदलाई निर्देशन दिएको उनले बताए । 

सापकोटाले पार्टीलाई एकताबद्ध बनाएर राष्ट्रिय दृष्टिकोणका साथ अघि बढे कसैले माओवादीलाई सिद्ध्याउन नसक्ने धारणा राखे । 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro