site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटाले अध्यक्षमा बाजी मारेका हुन् ।

सापकोटाले ६८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए । अध्यक्षका अर्का उमेदवार उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले १९२ मत पाए ।

३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro