site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाबुरामको आरोप– प्रचण्ड आफूलाई नै सिध्याउने षड्यन्त्रमा छन्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन् ।

बुधबार नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने उल्लेख गरे ।

उनले बेतत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भए पनि पुष्पकमल दाहाल 'प्रचण्ड' आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको उनको आरोप छ । सहकार्य गरेर गल्ती नगरेको भए पनि बेइमानहरूबाट ठगिएको टिप्पणी गरे ।

उनले मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भए पनि अब सहकार्यको कुनै सम्भावना नरहेको समेत स्पष्ट पारे । वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटक पटक अन्य दलहरूसँग सहकार्य गरे पनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ ।

उनले भने, "माओवादी आन्दोलनका नेतालाई त म राम्रोसँग चिन्छु । त्याभित्र भएको संकट तपाईंले देख्नुभएकै छ । जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेला बेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिनको लागि उहाँहरूसँग हामीले सहकार्य गरेका हौँ । तर, उनीहरू हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे त्यसकारण त्यो कुरा सफल नभएको हो । अहिले हामी कतै गएका छैनौँ । जानेवाला छैनौँ । पुरानाहरूसँगको सहकार्य सफल र उपयोगी भएन । यसबाट पाठ सिकेर पुरानाहरू सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन । वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो ।"

उनले अब युवाहरूले राजनीति गर्नुपर्ने उल्लेख गर्दै समयानुकूल राजनीति गर्न युवाहरूलाई आग्रह गरे ।

 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro