site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
प्लेस्टोरमा डिपसिकले उछिन्यो च्याटजीपीटीलाई, क्याटगोरीको एक नम्बरमा

काठमाडौं । चिनियाँ एआई कम्पनी डिपसिकको एपले प्ले स्टोरमा च्याटजीपीटीलाई उछिनेको छ ।

अमेरिका, बेलायतलगायत विभिन्न देशमा डिपसिक प्लेस्टोर एवं एप स्टोरको एक नम्बरमा पुगेको छ । धेरै डाउनलोड हुने र रेटिङका आधारमा डिपसिक एक नम्बर एप बनेको हो ।

नेपालमा पनि डिपसिक च्याटजीपीटीलाई उछिन्दै प्ले स्टोरको ८ नम्बरमा पुगेको छ । च्याटजीपीटी ९ नम्बरमा रहेको छ ।

आफ्नो प्रोडक्टिभिटी क्याटगोरीको भने पहिलो नम्बरमा डिपसिक पुगेको छ । च्याटजीपीटी दोस्रो नम्बरमा छ ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro