site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने काम स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन् । राष्ट्रिय सहिद दिवसको अवसरमा नेपाल सरकारले सिंहदरबार परिसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको अराजकता नभएको बताए ।

उनले मुलुकको व्यवस्था वा शासकहरूमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक विधिबाट गर्न सकिने धारणा राखे । देशको रक्षा, विकास र सुशासनका लागि वर्तमान सरकार अगुवाइ गर्न तत्पर रहेको उनले बताए ।

उनले सबैको सहमतिमा संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले मुलुकको विद्यमान प्रणालीलाई सबल र दिगो बनाउन आफूहरू लागि परेको जनाए । वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ता बचाउन शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृंखला अन्त्य भएको बताए ।

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरूपमा अघि बढिरहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गरेर बलिदान दिएका सहिदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको उल्लेख गरे ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro