site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलेश्वर भन्सारमा अर्थ समितिको अनुगमन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले महोत्तरीको जलेश्वरस्थित भन्सार कार्यालयको अनुगमन गरेको छ । 

भन्सार कार्यालयहरुबाट हुने राजस्व संकलनलाई थप व्यवस्थित बनाउन कानुन निर्माण गर्नका लागि अर्थ समितिका सदस्यहरूले मंगलबार जलेश्वर भन्सार कार्यालयको अनुगमन गर्नुका साथै कार्यालयका कर्मचारी र सरोकारवलासँग अन्तरक्रिया गरेका हुन् । 

अन्तरक्रियामा सीमा क्षेत्रमा हुने तस्करी, विभिन्न सामानको चेकजाँच गर्ने प्रक्रिया, भन्सार चेकजाँचलगायतमा हुने समस्याको बारेमा छलफल भएको छ । 

छलफलपश्चात् अर्थ समितिका सदस्य एवं अनुगमन टोलीका संयोजक नारायणी शर्माले छोटी भन्सारबाट हुने चोरी निकासी, स्थानीय सरकारले भन्सार कार्यालयमा दिने सिफारिस र तेस्रो मुलुकसम्म सामान आयात निर्यात गर्न देखिएका समस्यालाई कानुन निर्माण गरेर समाधान गर्नेतर्फ लाग्ने बताइन् । 

अनुगमन टोलीले जलेश्वर भन्सारको अनुगमन गर्नुका साथै धनुषाको जटही नाकाको समेत अनुगमन गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro