site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान सरकार गफमा अगाडि र परिणाममा निकै पछाडि : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचारसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताए । वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा पछाडि रहेको उनको भनाइ छ ।

मुलुकको विकासका लागि देशको परिवेशलाई सुहाउँदो प्रणाली अवलम्वन गर्न जरुरी रहेको बताउँदै उनले त्यो प्रणाली समाजवादी क्रान्ति नै भएको जिकिर गरे । जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताए । प्रतिपक्षमा रहेका अन्य राजनीतिक पार्टीहरूलाई समेत समाजवादी मोर्चामा जोड्दै जानुपर्ने बताए ।

"अहिलेको सरकारको कामबाट जनता निराश छन् । जनतामा कुनै आशा जाग्न सकेको छैन । परिणाममुखी कुनै काम हुन सकेको छैन । वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि छ । यो स्थिति भएको हुनाले वास्तवमा मानिसहरूमा विकल्पको खोजी जारी छ," उनले भने ।

उनले समाजवादी मोर्चा समाजवादी विचारको आधारमा निर्माण गरिएको उल्लेख गर्दै सबै मिलेर मोर्चाको औचित्य पुष्टि गर्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro