site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
गुगल म्याप्सले मेक्सिकोको खाडीलाई ‘गल्फ अफ अमेरिका’ नामकरण गर्दै

काठमाडौं । इन्टरनेट कम्पनी गुगलले मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिकाको खाडी बनाउने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ‘गल्फ अफ मेक्सिको’को नाम फेरेर आधिकारिकरूपमा ‘गल्फ अफ अमेरिका’ बनाएको छ ।

सरकारले नाम परिवर्तन गरेसँगै गुगलले पनि आफ्नो म्याप्स एपमा नाम फेर्न लागेको हो ।

यस्तै, कम्पनीले अलास्कामा रहेको हिमालको नाम ‘माउन्ट म्याकिन्ले’ राख्ने बताएको छ । यसअघि, यस हिमालको नाम सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले ‘डेनाली’ राखेका थिए ।

“हामीलाई गुगल म्याप्सको नामकरणबारे केही प्रश्न आएका छन्,” कम्पनीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “आधिकारिक सरकारी स्रोतमा अद्यावधिक गरिएका नाम नै राख्ने हाम्रो लामो समयदेखिको अभ्यास छ ।”

सीएनबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro