site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘कांग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउँछौँ भन्नुभयो’
हितराज पाण्डे । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो आरोप लगाएका हुन् ।

उनले कांग्रेस प्रमुख सचेतक घिमिरेले अब अध्यादेशबाट सरकार चलाउने कुरा गरेको र यो प्रतिपक्ष र जनताका निम्ति राम्रो नभएको बताए । “मन्त्रीज्यूले सरकारको आवश्यकता भएकाले अध्यादेश ल्यायौँ भन्नुभयो । त्यसपछि सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतक मान्यज्यू (श्याम घिमिरे)ले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो,” उनले भने ।

पाण्डेले अगाडि भने, “मैले प्रतिप्रश्न गरेँ । यसअघि पनि संसद् विघटन भएकै हो । अहिले ६ वटा त आएकै छ, त्यो ६ वटा अध्यादेश अहिले धेरै दिन छैन, यति थोरै समयमा किन ल्याउनुपर्‍यो भन्दा सदनमा विधेयक छिटो नआएपछि सरकार त अध्यादेश ल्याएर चलाउँछ भन्नुभयो । यो जनता, विपक्षीहरूको लागि महत्त्वपूर्ण हो । यो संसद्‌मा गम्भीर ढंगले प्रश्न उठाउँछौँ ।”

प्रमुख सचेतक पाण्डेले अध्यादेशका विषयमा प्रमुख प्रतिपक्ष दलले संसद्‌मा गम्भीर ढंगले आवाज उठाउने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro