site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको रास्वपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको निष्कर्ष निकालेको छ । आज केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संसद्‌मा दुईतिहाइ बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग देखिएको पनि ठहर गरेको छ ।

"विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरूप कुनै पनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसद्‌को आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै, ती अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरूले गुण र षका आधारमा खरो बहस गर्ने निर्णय भएको छ," रास्वपाले निर्णयमा भनेको छ ।

यस्तै, बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली, २०८१ को संशोधन प्रस्ताव, संगठन विभाग नियमावली, २०८१ र निर्वाचन आयोगको नियमावली, २०८१ पारित गरेको छ ।

यसैगरी, केन्द्रीय पदाधिकारीहरूको नेतृत्वमा आगामी फागुनमा सातै प्रदेशमा 'सर्वाङ्गीण संवाद' गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro