site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भूकम्पप्रतिरोधी संरचना बनाउन सहरी विकासमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पबाट हुने क्षति कम गर्न संरचना भूकम्पप्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका छन् । 

२७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले राष्ट्रिय भवन संहिताको पूर्ण परिपालना गर्दै भूकम्पबाट हुने क्षति कम गर्न संरचना भूकम्पप्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका हुन् । 

भूकम्पीय जोखिम न्यूनीकरणमा ध्यान दिन नसक्दा र भूकम्प प्रतिरोधी थेग्न नसकेरै भौतिक संरचना विनाश भएका कारण अथाह जनधनको क्षति हुने गरेको उनले बताए । 

उनले प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई ध्यान दिँदै संवेदनशील भूउपयोगको योजनाको कार्यान्वयनमा सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे । 

त्यस्तै, सिंहले विपद्का घटनाबाट सुरक्षित हुन आवश्यकताअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नुपर्ने बताए । उनले कानुनको प्रभावकारी कायान्वयनका साथै नयाँ योजना तर्जुमा गरेर बस्तीहरूलाई सुरक्षित राख्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro