site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अखिल क्रान्तिकारी : कुन प्रदेशमा कसको पल्ला भारी ? 

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचनको मतगणना जारी छ । हालसम्मको गणनाअनुसार अध्यक्ष पदका निम्ति विजयप्रकाश सापकोटा र हेमन्त राई नै प्रमुख प्रतिस्पर्धी देखिएका छन् । 

सातवटा प्रदेशको मतगणनामा भइसकेको छ । हलसम्मको परिणामअनुसार विजय सापकोटा, हेमन्त राईभन्दा २३ मतले अगाडि छन् । सापकोटाले कुल ४५३ मत पाउँदा राईले कुल ४३० मत पाएका छन् । अब विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना हुन बाँकी छ । 

अहिलेसम्म प्राप्त मतपरिणामअनुसार कोशी प्रदेशमा हेमन्त राई पहिलो बनेका छन् । उनले ११६ मत पाएका छन् भने विजय सापकोटाले ४९ मत मात्रै पाएका छन् । त्यस्तै, उपदेश यादवले ३५ र सुदिन पौडेलले १८ मत मात्रै पाए । 

मधेस प्रदेशमा भने उपदेश यादव पहिलो बनेका छन् । उनले  सबैभन्दा धेरै ३० मत पाए भने सापकोटा र राईले बराबर २० मत ल्याएका छन् । 

त्यस्तै, वाग्मती प्रदेशमा भने विजय पहिलो बनेका छन् । उनले ८७ मत पाउँदा दोस्रो स्थानमा आएका उपेदशले ५१ मत ल्याएका छन् । सो प्रदेशमा हेमन्तको ४८ र सुदिनको १७ मत मात्रै आएको छ । 

गण्डकी प्रदेशमा भने सुदिन पौडेलले पहिलो बनेका छन् । उनले ६१ मत ल्याउँदा विजय सापकोटाले उनको भन्दा एक मात्र कम ६० मत पाए । सो प्रदेशमा हेमन्तले ३९ र उपदेशले १५ मत मात्रै ल्याए । 

लुम्बिनी प्रदेशमा पनि विजय नै अगाडि देखिए । उक्त प्रदेशमा उनले ८५ मत पाउँदा दोस्रो स्थानमा आएका राईले ६६ मत मात्रै पाए । सुदन पौडेल र उपदेश यादव क्रमशः २२ र १० मत ल्याएर तेस्रो र चौथो भए । 

कर्णाली प्रदेशमा पनि हेमन्त राईको राम्रो नतिजा आएको छ । ८२ मतका साथ उनी सो प्रदेशमा पहिलो हुँदा दोस्रो हुने विजय सापकोटाले उनको भन्दा दुई मत कम ८० मत पाए । सुदिन पौडेल र उपदेश यादवले क्रमशः ८ र ५ मत पाए । 

सुदूरपश्चिममा पनि विजय सापकोटा नै पहिलो बनेका छन् । त्यहाँ उनले ७२ मत ल्याउँदा हेमन्त राईले ५९ मत ल्याएर दोस्रा भए । त्यस्तै, उपदेश यादव र सुदिन पौडेल क्रमशः  २२ र १६ मतका साथ तेस्रा र चौथा भएका छन् । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro