site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले राम्रो गर्दै छ, सामाजिक सञ्जालमा विरोध गरियो : मुख्यमन्त्री कार्की

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र कानुनानुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका छन् । शनिबार विराटनगरमा प्रेस चौतारी मोरङको नवौँ अधिवेशन उद्घाटन गर्दै उनले सदन नचलेका बेला अध्यादेश ल्याउने संवैधानिक व्यवस्था रहेको उल्लेख गरे ।

उनले संघ र प्रदेश सरकारले राम्रो काम गर्दागर्दै पनि केही मिडिया र सामाजिक सञ्जालमा विरोध गर्ने प्रवृत्ति बढेको गुनासो गरे । वर्तमान सत्ता गठबन्धन संविधान संशोधन, आर्थिक सुधार र सुशासन प्रत्याभूतिका निम्ति भएको उनले जिकिर गरे ।

नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सहमति मन नपराउने तत्त्वले मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरेको उनले टिप्पणी गरे ।

आमसञ्चार प्रतिष्ठानसम्बन्धी विधेयक प्रदेशसभाको चालु अधिवेशनबाटै पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले पत्रकार महेन्द्र विष्टलाई शालिग्राम मन्जुदेवी दाहाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे । प्रेस चौतारी मोरङले स्थापना गरेको यो पुरस्कारको राशि २१ हजार रुपैयाँ छ ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro