site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निजी स्वार्थका लागि मधेसवादी दलहरू छिन्नभिन्न भए : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले तत्काल मधेसवादी दलहरू एक हुने सम्भावना नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले निजी स्वार्थका कारण मधेसवादी दलहरू फुटेको उल्लेख गरे । स्वार्थमा काम गर्नेहरूलाई पदच्युत भएसँगै कसैले नचिन्ने बताए ।

"निजी स्वार्थका लागि मधेसवादी दलहरू छिन्नभिन्न भएका छन् । सबै स्वार्थमा लाग्नुभएको छ । मैले जहिले पनि भनेको छु, केही काम गर, धर्तीमा रहँदा । स्वार्थमा लागेका नेतालाई पद सकिएपछि कसैले पनि नाम लिँदैन । मधेसवादी सबै नेताहरू एक हुनु राम्रो कुरा हो । तर एक हुने सम्भावना देखेको छैन," उनले भने ।

मन्त्री सुडीले मधेसवादी राजनीतिक दलहरू एक हुनु राम्रो भएको उल्लेख गरे ।

 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २१:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro