site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पहाड’मा वर्षालाई प्रियंकाले गरिन् रिप्लेस

काठमाडौं । चलचित्र ‘पहाड’मा प्रियंका कार्की अनुबन्धित भएकी छन् । वर्षा राउतको अभिनय रहने भनिए पनि उनको ठाउँमा प्रियंकाको प्रवेश भएको हो ।

तुलसी घिमिरेले यो चलचित्र निर्देशन गर्दैछन् । चलचित्रको छायांकन गोरखाबाट सुरु भएको छ । ‘दर्पणछाया–२’ पछि घिमिरेको यो पहिलो निर्देशकीय चलचित्र हो  । 

पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा सिनेमा बन्नेछ । 

विपीन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, अरुण क्षेत्री, पञ्चमी घिमिरे, शिव श्रेष्ठको अभिनय रहनेछ । पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् ।

चलचित्रमा लेखन पनि तुलसी घिमिरेको छ । ओजश्वी केसी निर्माता रहेको सिनेमामा प्रमोद प्रधानको डीओपी, रञ्जित गजमेरको संगीत निर्देशन, भारती घिमिरे क्रिएटिभ निर्देशकको रूपमा रहने छन् । 

रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माता रहेको सिनेमा नेपालमा व्यंकटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गर्नेछन् । यसअघि आजबाट छायांकन सुरु भनिएकोमा सच्याइएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro