site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नासआईटीले गर्‍यो अध्यादेशको स्वागत, आईटी उद्योग थप सशक्त हुने विश्वास

काठमाडौं । सरकारले अध्यादेशमार्फत गरेका कानुन संशोधन तथा सहजीकरणको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनिज (नासआईटी)ले स्वागत गरेको छ ।

नासआईटीले आफ्नो पहल र नीतिगत वकालतपछि सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानुनमा आवश्यक सुधार र सहजीकरण गरेको बताएको छ । यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै सशक्त र विश्वव्यापी बनाउने अपेक्षा नासआईटीको छ ।

यससँगै अब अध्यादेश समयमै कार्यान्वयन भएर आवश्यक कार्यविधि तथा निर्देशिका जारी भई सम्बन्धित निकायबाट थप सहजीकरण हुने विश्वास नासआईटीको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत आगामी १० वर्षभित्र ३० खर्ब रुपैयाँको आईटी वस्तु तथा सेवा निर्यात गर्ने लक्ष्य राखेको छ । साथै, आईटी क्षेत्रमा पाँच लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारको छ ।

सरकारको समग्र योजनामा प्रविधि पूर्वाधार विकास, नीतिगत सहयोग र सूचना प्रविधि क्षेत्र सुदृढ पार्न सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको नासआईटीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro