site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘कुस्ती’मा दिकिला शेर्पाको अभिनय

काठमाडौं । एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन–५ बाट चिनिएकी दिकिला शेर्पाले नेपाली चलचित्रमा डेब्यु गर्ने भएकी छन् । 

बुद्धी तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’मा अभिनेत्री शेर्पा अनुबन्धित भएकी छिन् । उनी अहिले वर्कसपमा छिन् । 

फागुनको पहिलोसातादेखि छायांकनमा जाने चलचित्रमा उनको भूमिका महत्वपूर्ण हुने निर्देशक तथा लेखक अनिल योञ्जनले जानकारी दिएका छन् । 

“हामीलाई एउटा नयाँ अनुहार चाहिएको थियो । दिकिलालाई भूमिका सुहाउँदो भएपछि अफर गरेका हौँ, उहाँले सम्झौता गरेर वर्कसपमा हुनुहुन्छ,” निर्देशक योञ्जनले भने । 

निर्देशक योञ्जनले विसं २०८२ को भदौमा दर्शकले दिकिलालाई पर्दामा हेर्न पाउने बताएको निर्माण टिमले प्रेस नोटमा जनाएको छ । 

दिकिलाले पहिलो चलचित्र भएकाले आफू निकै उत्साहित रहेको बताएकी छन् । “मलाई सुहाउँदो भूमिका, मैले मन पराउने सिनियर कलाकार, भद्र र सालिन टीमले मलाई अभिनेत्री बन्न प्रेरित गर्यो,” उनले भनिन्, “म आफूले धेरै मिहिनेत गरेर सक्दो बेस्ट दिने कोसिस गर्नेछु ।” 

यो चलचित्रमा धिरज मगर र मिरुना मगर मुख्य भूमिकामा छन् । 
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro