site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
आजबाट आकाशमा ६ ग्रह एकैसाथ देखिँदै, अर्को महिना सातवटै ग्रह देखिने 

काठमाडौं । जनवरी २१ अर्थात् आज ब्रह्माण्डका छवटा ग्रहहरू ( शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण आकाशमा एकैसाथ देखिइरहेका छन् । 

राति पौने नौ बजेबाट यस्त दृष्य देखिइरहेको छ । ग्रहहरूको पंक्तिबद्धता विश्वको लगभग सबै भागबाट सजिलै देखिनेछ। यदि कसैले  जनवरी २१ मा आकाश अवलोकन गर्ने मौका नपाए पनि चिन्ता लिनुपर्दैन । यो ग्रह परेड हेर्नका लागि प्रशस्त समय छ। 

यस्तो पंक्तिबद्धता लगभग एक महिनाका लागि देखिनेछ, अर्थात् मध्य फेब्रुअरीसम्म। ग्रहहरूको स्थिति भने परिवर्तन हुनेछ । तिनीहरूको स्थिति जनवरी २१ मा र फेब्रुअरीको अन्त्य २८ मा तिनीहरूको स्थितिहरू फरक हुनेछ । 

नटिङघम ट्रेन्ट युनिभर्सिटीका खगोल विज्ञानका विशेषज्ञ डा. ड्यान ब्राउनका अनुसार जब कसैले आकाशतिर हेर्छ, मंगल ग्रह आँखाको देब्रे कुनामा हुनेछ। शुक्र र शनि, दायाँतर्फ हुने द इकोनोमिक टाइम्समा उल्लेख छ। 

अरुण र वरुण पृथ्वीबाट धेरै टाढा भएका कारण, तिनीहरू दूरबिनको सहायताविना आँखाले देख्न सकिँदैन,’’ यूएस सनको एक रिपोर्टमा उद्धृत गरिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २१:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro