site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहाडको बसाइँसराइ रोक्न कोसीका सांसदको माग 

विराटनगर । नेपाली कांग्रेसका सांसद विनोद बान्तवाले दुई वर्ष बिते पनि समस्यामा सरकार छिर्न नसकेको बताएका छन् । पहाडबाट तराई बसाइँ सर्ने क्रम डरलाग्दो ढंगले अघि बढेको बताए । 

कोसी प्रदेशसभाको मंगलबारको बैठकमा विशेष समयमा बान्तवाले भने,“धेरै खोलानदीहरू बिजुली निकाल्ने नाममा खोलालाई टनेलमा हाल्ने काम भएको छ । गाउँ विस्थापित हुँदै छन् । जलचर नासिँदै छन् । वातावरण जोगाउने विषय गम्भीर रूपमा आएको छ ।” 

बान्तवाले सुनसरीको बर्जुताल संरक्षणको विषयमा समेत संसदीय समितिले छलफल गरेको सभालाई जानकारी गराए ।

पहाडबाट बसाइँ सरेर तराई झर्ने क्रम बढेको भन्दै उनले सक्ने र नसक्नेहरूले  समेत गाउँ छाड्ने क्रम बढेको बताए । बजेट बनाउँदै गर्दा सरकारले विकासमा योजनागत ध्यान दिइनुपर्नेमा उनले जोड दिए । 

दूधकोसीमाथिको पुलको चर्चा सुरु भएको सात वर्ष भएको, तर निर्माण सुरु नभएको बताउँदै उनले भने,“बसाइँसराइ रोक्न पहाडमा पुल, खानेपानी र सिँचाइको प्रबन्ध गरिनुपर्छ ।”

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro